site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन मागेको हो । 

योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन् । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउनेछन् । 

Argakhachi Cement Island Ad

मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा कम्तीमा दस वर्ष काम गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । अथवा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको हुनुपर्नेछ । 

साउन ९ गते निवर्तमान अध्यक्ष भुवन केसीको दुई वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्