site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिउँसो मध्यम वर्षा, राति धेरै भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना छ । देशभर साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागका अनुसार राति देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै  स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro