site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिमलताल पहिरो : बससहित यात्रुको खोजी जारी

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुई बस र यात्रुको मंगलबार १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शंकास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, उक्त क्षेत्रमा राडरले शंकास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ ।

Dabur Nepal
NIC Asia

भारतीय टोलीले धमिलो वेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको उनले उल्लेख गरे । उनले शंकास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए ।

यसअघि भेटिएका भनिएका २५ शवमध्ये सातको सनाखत भएको थिएन । ती सातमध्ये एक शव उक्त दुर्घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार, नदीमा हामफालेकी पाल्पाकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको संख्या २४ मा झरेको छ । तीमध्ये ६ को सनाखत हुनसकेको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो । आइतबारदेखि सोनार क्यामेरासहित संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ ।

सनाखत भएका शवमा १६ पुरुषका हुन् । दुई महिला शव छ । सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् । पाँच शव भारतीय नागरिकका हुन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro