site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुनजन्य विपद्‌का घटनाबाट १३१ जनाले गुमाए ज्यान, १४४ घाइते

काठमाडौं । मनसुनजन्य विपद्‌मा परेर १३१ जनाले ज्यान गुमाएका छन् । गएको जेठ २८ गतेदेखि सक्रिय मनसुनका कारण आएको बाढी पहिरोसहित विपद्‌का घटनाबाट उनीहरूको ज्यान गएको हो ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सोमबार दिउँसोसम्म बाढी, पहिरोसहित विपद्‍का घटनामा परी काठमाडौं उपत्यकामा दुईजना, कोसी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जनाको ज्यान गएको हो ।

त्यस्तै, वाग्मती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ९ जनाले ज्यान गुमाएका हुन् ।

यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा बढी गण्डकीमा ३८ जनाले ज्यान गुमाएका छन् ।

यस अवधिमा विपद्‌जन्य घटनाका कारण यसरी नै देशभर एक सय ४४ जना घाइते भएका छन् ।   

यसैगरी, बाढीका कारण १८२ घर डुबानमा परेका छन् । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro