site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

काठमाडौं । मदिरा घोटाला प्रकारणमा पक्राउ परेका नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जमानत पाएका छन् । पक्राउ परेको तीन महिनापछि केजरीवालले राउज एभिन्यू अदालतबाट जमानत पाएका हुन् ।

उनी शुक्रबार रिहा हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, प्रवर्तन निर्देशनालय (ईडी)ले जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ ।

Dabur Nepal
NIC Asia

अदालतले केजरीवाललाई एक लाख रुपैयाँ धरौटी बुझाउन भनेको छ ।

यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो ।

केजरीवाल गत २१ मार्चमा पक्राउ परेका थिए । उनलाई अप्रिल १ मा तिहाड जेल पठाइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro