site stats
बाह्रखरी :: Baahrakhari
देश
खोलामा पुरुषको शव फेला
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । झापाको दमक नगरपालिकास्थित रतुवाखोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (विक) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । मृतकका आफन्तले घटनास्थलमा आएर सनाखत गरेपछि पहिचान खुलेको उनले बताए । 

रतुवाखोलाले बगाए ल्याइरहेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए । खोलाबाट बाहिर किनारमा निकालेर हेर्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्