site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्री लामिछानेलाई सांसदको प्रश्न– तीनवटा फाइल खोल्न कसले रोक्यो ? 

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कांग्रेस नेता जोडिएका तीनवटा फाइल खोल्न कसले रोक्यो भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको गृह र भौतिक पूर्वाधार मन्त्रालय शीर्षकको छलफलमा भाग लिन रोष्ट्रम पुगेका संसाद थानीले तीनवटा फाइल खोल्ने घोषणा के हुँदै छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । गृहमन्त्री रवि लामिछानेकाे सरकार बाहिर हुँदा केही गर्ने हुटहुटी अहिले पनि रहेको भन्दै थानीले कांग्रेस वा जोसुकैका फाइल खोलेर देखाउन चुनौती दिए ।  

“तीनवटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन् । संसद्‌मा हुँदैनन् भन्नुभयो । तपाईंले भन्नुभयो– मुटु सिंहको जस्तो चाहिन्छ,” थानीले भने, “ती तीनवटा फाइल के हो भन्नुपर्छ । किन ढिला गर्नुभएको छ । सार्वभौम संसद्को सदस्य भएको नाताले मलाई त्यो फाइलबारे थाहा पाउने अधिकार छैन ?”

उनले अरुलाई फिस्टाको मुटु भन्ने गृहमन्त्री किन सुतेको भन्दै प्रश्न गरे । “अरुको फिस्टाको मुटु हो, मेरो सिंहको मुटु छ भन्दै हुनुहुन्थ्यो । तपाईं गृहमन्त्री किन सुत्नुभएको छ ?” प्रश्न गर्दै थानीले भने, “तपाईं कसलाई धम्क्याइरहनुभएको छ ? मलाई लाग्छ, तपाईंले सत्तामा हुनेसँग सल्लाह गर्नुभएको छ । त्यसैले तपाईंले कांग्रेसलाई धम्क्याएको हुनुपर्छ ।” 

उनले नेपाली कांग्रेसले गत जेठ ७ गतेको बैठकबाट गरेको निर्णय सुनाउँदै त्यस्ता फाइलमाथि छानबिन थाल्न चुनौती दिए । “नेका संसदीय दलको ०८१ जेठ ७ को बैठकले निर्णय गरेको छ । तपाईंलाई खोज्न गाह्रो होला, निर्णय नम्बर ३ मा माननीय रवि लामिछानेले नेपाली कांग्रेसका विभिन्न नेताहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिको छानबिन र प्रमाणित गरेर देखााउन नेपाली कांग्रेस खुला रहेको यो बैठक ठहर गर्दछ,” थानीले प्रश्न गर्दै भने, “नेपाली कांग्रेस खुला छ । ताकत छ, कुन–कुन नेताको हुन् तीनवटा फाइल ? त्यो कुरा पनि मैले भन्दिनुपर्ने ?” 

सांसद थानीले जीबी राईलाई आकाशमा भए पनि पातालमा भए पनि ल्याउँछु भनेका गृहमन्त्रीले आफैँ कुरा फेरेको भन्दै व्यंग्य गरे । जहाँ भए पनि ल्याउँछु भनेका गृहमन्त्रीले ५० दिनमा कुरा फेरेर जिम्मेवारीबाट पन्सिएको उनको भनाइ छ । 

“२०८० चैत १० गते जीबी राई आकाश होस् कि पाताल होस् समातेर ल्याउँछु भन्नुभयो । मैले मितिसहित भनेको छु । जीबी राई कहाँ जानुभयो ?” प्रश्न गर्दै सांसद थानीले भने, “५० दिनपछि भरतपुर विमानस्थगल पुगेर भन्नुभयो– जीबी राईलाई अघिल्लो सरकारले भगायो । कसले भगायो ? प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, त्यसबेलाका गृहमन्त्री नारायणकाजी श्रेष्ठ तपाईंकै अगाडि हुनुहुन्छ । कसले भगायो जीबी राईलाई ?” उनले गृहमन्त्री भनेको यसरी नै कुरा फेर्ने व्यक्ति हो भन्दै प्रश्न गरे ।

सांसद थानीले पद बहालीपछि पहिलोपटक निर्मलाको हत्यारा खोजी गर्ने हस्ताक्षर गरेका गृहमन्त्री लामिछानेलाई हत्यारा कहाँ रहे छ भनेर पनि प्रश्न गरे ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro