site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्षका निम्ति ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ११ अर्ब २४ करोड २७ लाख र पुँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । वित्तीय हस्तान्तरणका निम्ति तीन अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

आउँदो वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड २१ लाख र संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १२ अर्ब एक करोड ५० लाख र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख तथा स्थानीय तहबाट राजस्व दुई अर्ब ९२ करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री आचार्यले बताए ।

उनले संघ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब २८ करोड ६४ लाख, ससर्त अनुदानबाट चार अर्ब १८ करोड, समपूरक अनुदानबाट ७९ करोड, विशेष अनुदानबाट ७४ करोड र चालु आर्थिक वर्षको नगद मौज्दातबाट दुई अर्ब रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro