site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका निम्ति समितिले दियो राय

काठमाडौं । गृह मन्त्रालयका सहसचिव भरतमणि रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयनका निम्ति राय दिएको छ ।

प्रतिवेदन अध्ययन गरेर समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सोमबार राय बुझाएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की तत्कालीन प्रमुख एवं एआईजी किरण बज्राचार्यसहितका प्रहरी अधिकृतलाई प्रहरी नियमावली, २०७१ र सहसचिव झलकराम अधिकारी समेतका कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही गर्नुपर्ने समितिले राय दिएको छ । समितिले आयोगको प्रतिवेदन अध्ययन गरेपछि उक्त राय दिएको हो ।

आयोगको प्रतिवेदनलाई नै परिमार्जन गर्ने अधिकार नभएको हुँदा त्यसमाथि उठाइएको प्रश्नबारे थप केही निर्णय नभएको सहसचिव भट्टराईले बताए ।

गएको चैत ११ गते गृहमन्त्री लामिछानेले सहसचिव रिजालको नेतृत्वमा समिति गठन गरेका थिए । समितिमा डीआईजी भीम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य थिए ।

गएको साउनमा ३ मा राजस्व विभागले सिनामंगलबाट बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोग बनाइएको थियो । आयोगले सरकारलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro