site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नयाँ वर्षका दिन उत्सवमय चहलपहल
नयाँ वर्षको पहिलो दिन लुम्बिनी घुम्न आएका आन्तरिक पर्यटक । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस ।

काठमाडौं । नयाँ वर्षको पहिलो दिन शनिबार मुलुकको राजधानी काठमाडौंलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

शनिबार र सार्वजनिक बिदा समेत भएकाले सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर, रमाइलो गर्ने, मिठामिठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।

नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका निम्ति अनुकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ ।

पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, राराताल, शैलेश्वरीलगायत धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको जिल्लास्थित समाचारदाताले जनाएका छन् ।

शनिबार बिहानैदेखि घरघरमा पूजाआजासहित आराध्यदेव पशुपतिनाथ मन्दिरलगायत देवस्थलमा घुइँचो देखिएको छ । भृकुटीमण्डप खेल उद्यान र विभिन्न उद्यान, सपिङ मल र रेस्टुराँमा चहलपहल बढेको छ । आजैदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै खुला हुने घोषणाका कारण त्यस क्षेत्रमा उत्साह छाएको छ ।

नयाँ शैक्षिकसत्र सुरु हुन बाँकी रहेकाले परिवारसहित घुमफिर गर्ने धेरै देखिएका छन् । नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतले स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro