site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन पुनर्विचार गर्न माग गर्दै डीएसपीले दिए निवेदन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवर आफूमाथि अन्याय भएको भन्दै गृह मन्त्रालय पुगेका छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले उनलाई अनुसन्धानमा प्रभाव पारेको भन्दै विभागीय कारबाही सिफारिस गरेको थियो ।

डीएसपी कुँवरले भने आफू सुन तस्करीको अनुसन्धानमै नरहेको जिकिर गरेका छन् । आयोगले गलत सूचना र बिनाप्रमाण विभागीय कारबाही सिफारिस गरेको भन्दै उनले प्रतिवेदन पुनर्विचारको मागसहित गएको आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष निवेदन दिएका हुन् ।

आयोगले उठाएका विषयमा पुनः अनुसन्धान गर्न समेत उनले माग गरेका छन् । आयोगले कारबाही सिफारिस गरेर अन्याय गरेको भन्दै उनले निवेदन दिएको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रीबाहेक डीएसपी कुँवरले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई समेत निवेदनको बोधार्थ बुझाएको मन्त्राएका एक अधिकारीले बताए ।

कुँवर संगठित र जघन्य अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । आयोगले सुन तस्करी प्रकरणका फरार आरोपित जीवन चलाउनेसँग फोन सम्पर्क देखिएपछि उनलाई कारबाही सिफारिस गरेको थियो ।

जीवनसँग फोन सम्पर्क स्वीकार गरेका कुँवरले सुन तस्करीबारे आफूलाई कुनै जानकारी नभएको निवेदनमा उल्लेख गरेका छन् । कुँवरसहित अधिकांश प्रहरी अधिकारीसँग जीवनको फोन सम्पर्क देखिएको छ । अरूलाई भने कुनै कारबाहीको सिफारिस गरिएको छैन ।

आयोगले सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीको कमजोरी ठहर गरेको छ । सीआईबीका तत्कालीन प्रमुख एवं एआईजी किरण बज्राचार्य, एसपी सञ्जय थापा, डीएसपी दुर्गा दाहाललाई समेत कारबाही सिफारिस गरिएको थियो । आयोगको सिफारिसपछि उनीहरूलाई तत्कालीन जिम्मेवारीबाट हटाइएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro