site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रश्न उठाइँदैमा आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीको प्रश्नका जवाफ दिँदै उनले प्रश्न उठाइँदैमा आत्तिन आवश्यक नरहेको बताए । समाचारका सबै विषय सत्य नहुने उनले जिकिर गरे । सत्यको खोजी गरेर समाचार प्रकाशन र प्रसारण गर्न उनले आग्रह गरे ।

उनले पत्रिकामा समाचार छापिनेबित्तिकै कोही दोषी प्रमाणित नहुने बताए । प्रमाणित विषय र प्रचारबाजीमा फरक रहेको उनले उल्लेख गरे ।

“समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन भन्ने कुरा । हेडलाइनमा एउटा क्वेसन राखेर ठगीमा ? भनेर क्वेसन राखिदिएको हो कि हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो,” उनले भने ।

उनले थपे, “साथीहरू त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबैजना । एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिहाल्यो । होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा, सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ । त्यहाँ एउटा क्वेसन मार्क राखेको छ, क्वेसन त गर्न पाइन्छ । प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro