site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आगामी वर्षको बजेटलाई 'बाहुबली विनियोजन' विधेयक राखे हुन्छ : सांसद सिंह
फाइल तस्बिर ।

काठमाडौं । सांसद अमरेशकुमार सिंहले आगामी वर्षको बजेटलाई बाहुबली विनियोजन विधेयक राख्न सुझाव दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो सुझाव दिएका हुन् । उनले सरकारले आगामी वर्षको बजेटलाई बहुबली बजेटका रूपमा प्रस्तुत गरे हुने टिप्पणी गरे । 

Dabur Nepal
NIC Asia

उनले ठूला नेताहरूको क्षेत्रमा धेरै राखेर बजेट आउने गरेकाले बहुबली विनियोजन विधेयक राख्दा हुने बताएका हुन् । "ठूला नेताको क्षेत्र केन्द्रित दुईदेखि चार अर्ब रुपैयाँको बजेट छुट्याएर बजेट आउने गरेकाले मुलुकको विकास हुन नसकेको हो । अब सबै नेताहरूले अब देश बिग्रन नदिने अठोट गर्न आवश्यक छ," उनले भने ।

उनले सरकारले बजेट ठूला नेता भएको आधारमा भन्दा पनि आवश्यकताका आधारमा विनियोजन हुन आवश्यक रहेको उल्लेख गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro