site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा ‘करेक्सन’, दुई वर्षयताकै सर्वाधिक कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगातार दुई दिन उच्च अंकले बढेको बजारमा आज भने ‘करेक्सन’ देखिएको छ । नेप्से परिसूचक १२ अंकले घटेको छ भने दुई वर्षयताकै उच्च मूल्यको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार नेप्से १२.१० अंक घटेको छ । मंगलबार नेप्से ५४.५४ अंकले बढेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कारोबार रकम पनि लगातार बढ्दै गएको छ । मंगलबार आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबार रकम बढेर १० अर्ब नजिक पुगेको छ । नेप्सेका अनुसार नौ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो दुई वर्षयताकै उच्च मूल्यको कारोबार हो ।

मंगलबारको तुलनामा कारोबार रकम एक अर्ब ७४ करोड रुपैयाँ बढेको छ । यसअघि पुस ८ गते सात अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

Global Ime bank

कारोबारमा आएका १३ समूहमध्ये चार वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक २१७३.०६ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो ।  ६ महिना अगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो ।

आजको कारोबारमा नेप्सेले २२ विन्दु पार गरेको थियो । यसदिन ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको सेयर मूल्य ३१ कम्पनीको घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement