site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिसन–०८४ भन्दा मिसन आज चलाऔँ, म चाहिँ फेल भएँ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

गएको वर्ष मंसिरमा भएको चुनावसँगै उदाएको दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी ।  स्थापनाको छोटो समयमै रास्वपा २१ सिटसहित प्रतिनिधिसभामा चौथो ठूलो दल बन्यो । सुरुमै केही समय त उक्त पार्टी सरकारमासमेत बस्यो । 

सदनमा प्रवेश गरेसँगै नयाँ दलबाट जनआकांक्षा बढी नै थियो । नयाँ सांसदमा जोश र जाँगर पनि उस्तै देखिन्थे । 

‘अझ पुराना दलले सकेनन् अब हामी गर्छौं’ भन्दै सार्वजनिक मञ्चबाटै जनतामा बाचा दल र दलका नेताहरूले गरेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

संसद् चलेको २५ पुसमा १ वर्ष पुग्दैछ । चुनावी बाचाअनुरुप रास्वपाले संसदमा भूमिका खेल्न सक्यो त ? संसदीय सुस्त क्रियाशीलताका कारण खोज्न पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसँग बाह्रखरीका रमेश वाग्ले रोमन आचार्यले गरेको संवादको सम्पादित अंश

–रास्वपा सदनमा प्रवेश गर्दा धेरैले सांसद कस्तो हुन्छन् हामी देखाउँछौं भनेका थिए । एक वर्ष भयो सदनमा प्रवेश गरेको, संसद् कस्तो हुन्छ भनी बुझ्दै हुनुहुन्छ कि सांसद कस्तो हुन्छ भनी देखाउँदै ? 

Royal Enfield Island Ad

मसँग वागमती प्रदेशसभाको अनुभव थियो । त्यतिखेर कतिपय त बनाइएका कानुन राजपत्रमा पनि प्रकाशित भइसकेको छ ।  हाम्रा अरु साथीहरूको भने नयाँ अनुभव हो । उहाँहरूले दत्तचित्त भएर मिहेनत गरेर संसदीय अभ्यासमा भूमिका खेलिरहनुभएको छ । 

तर, सरकारी पक्षबाट विधेयक प्रस्तुति हेर्दा सांसदको साँच्चैको भूमिका छ भन्ने सवालमा प्रवेश गर्न हामीलाई गाह्रो भएको छ । किनभने यो एक वर्षमा जम्मा एउटा कानुन पास भएको छ । अरू त ‘पाइप लाइन’मा छन् । 

तिनमा पनि हाम्रा सांसदले संशोधन राख्नेदेखि सबै अभ्यास मात्र होइन, पार्टी कार्यालय र सार्वजनिक छलफलमा पनि विधेयक परिस्कृत गर्नेतर्फ उहाँहरू लाग्नुभएको छ । 

अझ परिस्कृत हुने ठाउँहरू, अझ व्यवस्थित तरिकाले जाने ठाउँहरू थ्रुपै देखिन्छ । अबको अधिवेशनमा चाहिँ रणनीतिक हिसाबले जाने भनी निरन्तर संसदीय दलमा छलफल चलिरहेको छ । 

–केही सांसदको प्रस्तुति छाड्ने हो भने पार्टीका सांसद विषयमा भन्दा पनि ‘खपत वा स्टन्ट’ का लागि अभिव्यक्ति दिन्छन् भन्ने आरोप लाग्ने गरेका छन् । यसलाई स्वीकार गर्नुहुन्छ ?

एउटा दल भएपछि उसको विधि हुनुपर्छ, लय हुनुपर्छ, उसको उद्देश्य र गन्तव्य तय भएको हुनुपर्छ । 

हामी त्यो निर्माणका क्रममा छौं । यो अझ रचनात्मक हुन समाजमा ताली पनि र दुई दिनमै गाली पनि दिइहाल्छ ।  चेतनामा भर पर्ने कुरा हुन् । हामीले आफूले आफूलाई सुधार गर्दै लैजानुपर्छ । 

‘पब्लिक अडिटिङ’ लाई कसरी लिँदै जाने भन्ने कुरा चेतनामा भर पर्छ । यो भनिरहँदा बाह्रखरी मिडियामार्फत के जानकारी पनि गराऊँ भने एउटा बिन्दुमा गएर राजनीतिक यात्रा भनेको आफूलाई सन्तुलित राख्नु पनि रहेछ । 

भडी एकातिर भए पनि सत्य कता छ, त्यसतर्फ एक्लै उभिन पनि सक्नुपर्छ । कहिले काहीँ जनचाहना अनुसार आफू उभिनुपर्छ । यो सबको भिन्नता छुट्याउने एकदमै सुक्ष्म रेखा छ जस्तो लाग्छ, मलाई । 
हाम्रा साथीहरूको सार्वजनिक अभिव्यक्तिबारे मेरो पनि धेरै नै ध्यानाकर्षण भएको छ । 

लोकतन्त्रको सुन्दर पक्ष भनौं न जनताले सेवा सुविधा खोजेको हुन्छ । 

जनताले आज ताली बजाएको छ भने भोलि नै गाली पनि गर्न सक्छ । सबै राजनीतिक दलको जिम्मेवारी भनेको समाजलाई अराजक हुनबाट जोगाउने पनि हो । समाज भाँड्न सजिलो छ, जोड्न गाह्रो छ । 

किनभने कतिपय अवशेष हेर्दा समाज विभाजित गर्न सजिलो छ, जोड्न गाह्रो छ । यो विषयमा हाम्रा साथीहरूलाई मात्र हैन सबैले यस्ता सवालमा ध्यान दिनुपर्छ भन्ने सुझाव नै दिन्छु । 

birajbhakta7-1704859825.jpg
 

–सदनलाई काम दिने दायित्व सरकारको नै हो, एक वर्षमा एउटामात्र विधेयक सदनले पारित गरेको छ । सरकारलाई सदनप्रति उत्तरदायी बनाउन प्रतिपक्षी बेञ्चबाट तपाईंहरूको भूमिका चाहिँ के रह्यो ? 

सुरूको केही समय हामी सरकारमा गयौं । त्यो धेरै दिन टिकेन, हामी फिर्ता आयौं । 

प्रतिपक्षमा भइसकेपछि विधेयकको विषयमा दबाब सिर्जना काम गर्ने गरेका छौं । तपाईंहरूकै सञ्चारमाध्यमबाट थाहा पाए मैले ४० वटा अत्यावश्यक विधेयककाबारेमा फोकस र दबाब दिनुपर्ने थियो । 

सदनलाई काम दिने सरकारबाटै हो । तर, सत्तापक्ष नै सत्ता टिकाउने र भागबण्डा मात्र रुमलियो । त्यसकारण यसपटकदेखि हामीले गैरसरकारी विधेयकहरूमा अभ्यास गर्ने जुन चाहिँ सांसदको स्वायत्त अधिकार हो ।

सरकारलाई प्रतिपक्षमा बसेर दबाब दिने कुरामा अलिकति राजनीतिक भूमिकाबाट गर्नुपर्ने कुरा अझ हामीले धेरै गर्न बाँकी छ । 

‘राजनीतिक कूटनीति’को माध्यमबाट विधेयक ल्याउन सरकारलाई बाध्य पार्ने अभ्यास गर्न चाहिँ अझै धेरै बाँकी छ भन्ने कुरा म स्वीकार गर्छु । संसदीय भूमिकामा चाहिँ सरकारले यो पहिलो वर्ष काम दिन नसकेकै हो । हामी प्रतिपक्षमा बसिरहेको दलले सबै चिज गर्छ भन्ने कुरा न्यायसंगत हुन्छ भन्ने लाग्दैन । 

संसदमा कुरा उठाउने विषयमा हामीले बोल्न पाएनौं । सदन अवरोध हुँदा महिना दिनसम्म हामी बोल्न पाएनौं । अिन बोल्दा बोल्दै माइक काटिएका कुरा छन् । तर, सकारात्मक कुरा चाहिँ समितिहरूमा हाम्रा साथीहरूले खेलिरहनुभएको भूमिका राम्रो छ । 

समिति पनि हाम्रोे ‘मिनी पार्लियामेन्ट’ नै हो नि त । त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । उहाँहरूले अध्ययन र तयारी गरेर आ–आफ्नो समितिमा सक्रिय भूमिका खेल्नुभएको छ । 

तपाईंहरूकै मिडियाबाट आग्रह गर्न चाहन्छु हाम्रो भूमिकालाई ज्वलन्त सशक्त बनाउन सबै जनालाई सुझाव दिन अनुरोध गर्छु । यो कुरा सान्दर्भिक भएन । यो कुरा उठाउँ भनेर सुझावको अपेक्षा गर्छु । सञ्चार जगतले पनि अनुसन्धान गरी ‘फ्याक्ट’ ल्याइदियो भने जनप्रतिनिधिलाई जिम्मेवार बनाउँछ नि । 

सबैले सहकार्य गर्नुपर्छ भन्ने हो । संसद् आफैँमा कानुन अनुमोदन गर्ने ठाउँ हो । कानुन निर्माण हुने ठाउँ समिति नै हो । विधेयकमाथि समितिमा दफावार छलफल हुन्छ । यो पक्षलाई सबैले बुझ्नुपर्छ । सबै जिम्मेवारी हामीले मात्र लिन सकिँदैन । 

birajbhakta4-1704859824.jpg
 

–सदन चलेको बेला रास्वपा संसदीय प्रक्रियामा होइन कि ‘मिसन–०८४’ मा हिँडेको देखिन्छ । चार वर्ष बाँकी छँदै संसदीय कर्मभन्दा ओझेलमा पार्र्दै चुनावी ‘मिसन’मा लाग्नुभयो । तपाईंहरूको लक्ष्य मिसन कि संसदीय अभ्यास ? 

हाम्रो ‘मिसन–०८४’ भन्दा पनि म मिसन ‘आज हो’ भन्छु ।  तर, हामीलाई चुनौती के भने विधायिकी भूमिकामा हामी बसिरहँदा आमनागरिकले खोजेको ‘डेलिभरी’ हो । 

स्थानीय सरकारमा रास्वपाको प्रतिनिधित्व नहुँदा त्यसमा हामीलाई समस्या पारेको छ ।  जनताको आकांक्षाअनुरुप हामीले काम गर्नुपरेको छ । सांसद विकासका ‘एजेन्ट’ पनि हुन् भन्ने एउटा भाष्यले पनि हामीलाई समस्या पारेको छ । 

‘डेलिभरी’ हकमा हाम्रा जनप्रतिनिधि स्थानीय तहमा नहुँदा त्यो ‘ग्याप’ले पनि हामीलाई समस्या पारेको छ । तर, तपाईंको प्रश्नमा के भन्न सक्छु भने पार्टी संगठनले त्यसलाई अभियानको रूपमा लगेर वडा तहसम्म पुगेर छाया सरकार बनाउँदै काम गर्न सकेको भए त्यो संरचनाबाट ‘डेलिभरी’ हुने ठाउँ थियो । 

पार्टी संसद्मा भएको हिसावले पूर्ण रूपमा नीति निर्माणमा र विधेयकमा केन्द्रित हुँदै काम गर्न सकेको भए जनचेतना र जनसरोकारका विषयमा काम हुन सक्थ्यो । फेरि पार्टीमा सर्वश्रेष्ठ भनेको पार्टी सदस्यहरू हुन् । पार्टी सदस्यले चाहिँ त्यसलाई ‘क्यारी’ गरेका हुन् । 

–डेलिभरीको कुरा गर्दा धरानमा हर्क साङ्पाङ्गले पानी ल्याएपछि त्यही अभिलाषा जागेरपछि सभापति रवि लामिछाने चितवनमा पानी ल्याउन पुग्नुभयो । चल्तापूर्जा काम नगरी ‘पब्लिक अटेन्सन’ पाइँदैन भन्ने हो ? 

हिजोको बच्चा आज युवा हुन्छ र भोलि त्यही वृद्ध हुन्छ । सभापतिज्यूको मात्र होइन जनताको चाहना कस्तो छ भन्ने कुरा मैले पनि भोगेको छु ।  ढल व्यवस्थापन, सहकारीको पैसा उठाइदिनेदेखि सामान्य विषयमा समेत नागरिकले सांसदलाई खोजेका हुन्छन् । 

विस्तारै हामी कहाँ के प्रणाली बनेको छ भने सम्बन्धित ठाउँमा त्यो कुराहरू पुर्याइदिने र नागरिकलाई जनचेतनास्तर बढाउने भन्ने छ । बृहत् जनचेतनासहित तीन तहको सरकार र सरकारी निकायको काम, कर्तव्य र अधिकारलाई कार्यान्वयनमा लगौं । त्यसपछि मात्र यो बहस ठीक होला । 

birajbhakta5-1704859824.jpg
 

–जुन जोशका साथका निर्वाचित भएर आउनुभएको थियो, एक वर्षलाई हेर्दा पार्टीगत रूपमा सांसदको भूमिकालाई एक सयमा कति नम्बर दिनुहुन्छ ? 

म आफू चाहिँ इमान्दार भएर भन्छु म फेल भएँ । अर्को वर्ष अझ राम्रो गर्नुपर्छ । आज वाहवाही एकछिन ‘स्टन्ट’ले काम गर्दैन ।  किनभने जनताको चाहना एकदमै धेरै छ । हामी व्यक्ति सफल भएर हुँदैन दल मात्र सफल भएर पनि हुँदैन, संसद् नै सफल हुुनुपर्छ । 

जे जसो भए पनि रास्वपाका केही भूमिकालाई अरू दलले पनि अनुसरण गरेका छन् । यो परिवर्तन पनि सकारात्मक पनि हो नि । देश बनाउने काममा हाम्रा सांसद मात्र राम्रो नराम्रो भनेर हुँदैन, अरु दलले पनि राम्रो गरिरहनुभएको छ । 

अरूको त म भन्दिन मेरो विषयमा चाहिँ हाम्रो ‘रिपोर्ट–कार्ड’ आउने बेलामा पनि मलाई लाग्यो । काम चाहिँ गरेको छु तर, सन्तुष्ट हुने ठाउँ देखिन । भनेपछि अझै राम्रो गर्ने ठाउँ राख्छु । 

होला, आज सयमा सय भन्ने ठाउँ मसँग छ तर, म त्यसो भन्दिनँ । हैन, म फेल भएँ । आज फेल भएँ भने भोलि जस्ट पास होला, पर्सी अलि राम्रो अंक आउला, त्यसपछि उत्कृष्ट होला । 

तर, केही सुुसंस्कृत अभ्यासले गर्दा आममानिसमा सकारात्मक परिवर्तन भएको र अरु दलका केही सांसदले अनुसरण गरेको चाहिँ देखिन्छ । 

birajbhakta6-1704859824.jpg
 

–सांसदको काम नीति–निर्माण गर्नेमात्र हैन सरकारलाई जनउत्तरदायी बनाउने पनि हो । एउटा ठाउँ विषयगत मन्त्रालयगत प्रश्न निरन्तर सोधेर पनि होला । तपाईंहरूका एक सांसदबाहेक अरूले यो अभ्यास गरेको पनि देखिँदैन । यो प्रकृया तपाईंहरूले नबुझेको हो ?

दलको उपनेता भएर भन्दा सुरूका दिनमा भन्दा पछिल्लो समय हाम्रा साथीहरू अझ परिस्कृत हुँदै गएका छन् ।  मुद्दाका सवालमा जनताका आवाज हुबहु हाम्रा साथीहरू र मैले पनि उठाएका छौं । 

सरकारले एक वर्षमा हामीले उठाएका कतिवटा कुरालाई सम्बोधन ग¥यो त ? उत्तरदायी बनाउने त भन्नुभयो तर, पछिल्लो विशेष र शून्य समयमा उठाएका सवालसमेत सरकारले सुन्दै सुनेन । 

ती सबै ‘रेकर्डेड’ छ । त्यसैले हाम्रो साथीहरुले जसरी अध्ययन गरी विधेयकमाथि संशोधन राख्नुभएको छ यसमा म गर्व गर्छु । यथार्थमा चाहिँ जनचाहना एकदम धेरै छ । प्रणाली बसी नसकेको अवस्थामा त्यो चिजलाई पव्लिकमा लाने र सुनुवाई गराउने प्रक्रिया बढाउनुपर्छ, हामीले । 

तपाईंले भनेको कुरामा कहाँ चाहिँ सहमत हुन्छु भने यसमा सहभागितामुलक बनाउन सक्नुपर्छ । 

अर्थात् विधेयक आउँदा ‘स्टेक–होल्डर’सँग बसेर काम गर्नुपर्छ भन्नेमा चाहिँ म सहमत छु । जनताले अपनत्व लिने नीति त बनाउनुपर्छ । यी विषयमा ध्यान दिनुपर्छ । तर, नगरेको भन्ने चाहिँ हैन । हामीले गरेका छौं । 

–जनतामा निराशा अलि बढी देखिन्छ, तुलना गरेर विरोध हुने गरेको छ । यसले समाज र राष्ट्रलाई कहाँ पुर्‍याउँछ ? 

हो यो प्रश्न नेतृत्वमा रहेका कसैले पनि आफूलाई पहिले र आफ्नो संस्थालाई सोधेको देख्दिन म ।  यो प्रश्न सोध्नुपर्छ । तर, कहीँ न कहीँ आशाको किरण चाहिँ म देख्छु । ६० प्रतिशत अधिकार स्थानीय तहमा छ । 

त्यो अधिकारको पूर्ण उपयोगमा ‘फोकस’ गर्न सकिए हाम्रो काँचो र वामे सरिरहेको संविधान ‘करेक्सन’ गर्ने ठाउँ मिल्छ ।  संविधानमा लेखिएको अधिकार पूर्ण उपयोग गर्ने अवस्था सिर्जना हुने भए त्रुटि सच्याउँदै ‘करेक्सन’को बाटोमा अघि बढ्न सकिन्छ । 

कसको भूमिका के हो भन्ने परीक्षण गर्ने ठाउँ हुन्छ भन्ने लाग्छ ।  जस्तै पहिलो कार्यकालमा प्रदेश नयाँ थियो । ९९ देखि १०० कानुन बन्यो भने प्रदेश स्वायत्त भएर काम गर्न सक्छ भन्ने आमबुझाइ र विश्लेषण थियो । हामीले वाग्मती प्रदेशले ६५ वटा कानुन बनाएका थियौं ।

पहिलो कार्यकालमा दुई तिहाइको सरकार संविधानको कार्यान्वयनमा उदार भइदिएको भए यसले आशा देखाउँथ्यो । त्यसबखत निर्वाचित जनप्रतिनिधि भन्दा प्रशासनलाई अर्थात् प्रमुख जिल्ला अधिकारीलाई बढी अधिकार दिएको हो नि त । यसलाई पनि सुधार गर्नुछ । 

यहाँ त साझा अधिकारका विषयमा बहस हुनै पाएको छैन । अलिकति बहस हुन थाल्यो भने यो देशमा दानवीकरण र देवत्करण ५ मिनेटमै सुरु हुन्छ । संविधानमा कति त्रुटि भयो भन्ने बहस खै त ? यो बहस सुस्त तरिकाले लान सक्नुपर्छ ।

समाजमा एकतप्का चाहिँ अराजकता र भ्रम छर्न लागिपरेको छ । 

नेपाली समाजमा कथा छ नि ‘खसी नै बोकेर हिँडे पनि चार जनाले कुकुर हो भनेपछि खसीलाई कुकुर हो भनी छाड्दै गएको’ त्यो बनाउन लागेको छ । समाजको प्रकृति त्यो हैन नि । 

अमेरिकी संस्कृति ‘वियर खाने होला, राम्रो र ठूलो गाडी चढ्ने’ होला । हाम्रो त मिलेर सत्संग गर्ने समाज हो नि । त्यसैले हामीले हाम्रो समाजको प्रकृति नै बुझेनौं । त्यसैले व्यवस्थामा प्रश्न उठाएर निराशा थप्ने काम भइरहेको छ । 

birajbhakta-1704859822.jpg
 

–प्रसंग बदलौं । सभापतिको नाम पछिल्लो समय सहकारी विवादमा मुछिएको छ, बारम्बार प्रश्न उठिरहेको छ । यसमा तपाईंहरूले आन्तरिक छलफल गर्नुभएको छ ? 

यो महत्वपूर्ण प्रश्न हो । यो कुरामा हाम्रो छलफल भइरहेको हुन्छ र भएको छ ।  सभापतिज्यूले आएका विषयहरूबारे बैठकहरूमा स्पष्टीकरण दिनुभएको छ ।  यद्यपि यस्ता कुरा आइरहँदा मूल मुद्दा अझ छायामा प¥यो कि भन्ने लाग्छ । 

उहाँ एक व्यक्तिलक्षित भएर यस्ता कुरा आइरहँदा साँच्चै त्यसबाट पीडित भएका र न्यायको माग गरिरहेका समुदाय र समाज सबै जिम्मेवार निकायहरू त्यो मुद्दामा प्रवेश भएनन् कि जस्तो लाग्छ । 

कानुनी पक्षमा जाँदाखेरी सहकारीको कुरा गर्दा ऋण न्यायाधीकरण, त्यो पाटोमा जाँदा अनुसन्धान गर्ने सरकारी निकायहरू छन् । व्यक्तिबाट भन्दा पनि पीडितले संस्थाबाट कसरी न्याय पाउँछन् भन्नेमा बहस प्रवेश गर्न सके सबैलाई न्याय गर्छ भन्ने लाग्छ मलाई । 

व्यक्तिबारे आएका आरोपमा विषयमा त्यसलाई पुष्टि गर्ने वा न्याय दिने हामी हैनौं । 

त्यसका विभिन्न निकायहरू छन् त्यसले काम गर्नुपर्छ । बेकारमा समाज विभाजित हुने गरेर सडकदेखि सामाजिक सञ्जालमा भइरहेको तथानामले कसैलाई भलो गरेको छैन । 

–सभापतिले पार्टीमा ‘ब्रिफिङ’ गरेपछि यो समस्या नभएर व्यक्तिलक्षित मात्र प्रहार भयो भन्ने हो ?

उहाँले आफूविरुद्ध आएका आरोपहरूका विषयमा कसैले जिम्मेवारी लिनु पर्दैन र कानुनबमोजिम आफूले गृहमन्त्री हुँदा नै अदालतको निर्णयलाई पालना गरेर निस्केको नजिर देखाउनु भएको छ । 

यसमा पनि तपाईंहरुले केही भोग्नुपर्दैन, हुने कुरा केही भए म स्वीकार गर्छु भन्नुभएको छ ।

–राजनीतिक नेतृत्वले गर्नुपर्ने काम चाहिँ कुन हो ? आरोप लागेपछि पुष्टि भए कानुनअनुसार सजाय भोग्न तयार छु भन्ने हो कि, वास्तविकता पनि सार्वजनिक गरेर भोलि परीक्षण गर्दा पनि फरक नपर्ने गरी उभिने हो ? 

सार्वजनिक पद र पार्टी भनेको जनसंस्था भएकाले आएका आरोपहरूमा स्पष्ट पार्नु राम्रो हो नि ।  लोकतान्त्रिक प्रकृयामा त्यसले राम्रो नजिर पनि बसाउँछ । यस्तो चिज किन पनि ‘ट्याकल’ गर्नुपर्छ भने यो भन्दा पछि नेपालले कुसंस्कृत राजनीति थेग्न सक्छ जस्तो लाग्दैन । 

जनता निराशाको चपेटामा छन् । त्यसकारण हेर्दा स–साना जस्तो देखिने भए पनि यस्ता कुरालाई स्पष्ट पार्दै लैजानु राम्रो हो । हामी नयाँ पार्टी छौं, जे हुँदैछ सबै पहिलो पटक हुँदैछ । यसले कस्तो नजिरहरू आजबाट बसाउँदै लैजाने भन्ने महत्वपूर्ण छ । 

birajbhakta2-1704859823.jpg
 

–सभापतिको सहकारी केस आउँदा तपाईंले एक कदम पछि हट्ने कि भनी लेखेको ‘स्टाटस’ले चर्चा पायो । यसले पार्टीमा तपाईंलाई समस्या कत्तिको पर्‍यो ? 

परेन । किनभने म समाजको केही महत्वपूर्ण विषयहरूमा लेखिरहेको हुन्छु ।  म आवश्यक छैन भने कुनै पनि काममा पनि पछि हटिदिने मान्छे हो ।  तर, मैले गर्न खोजेको चिजमा पनि कतिपय मानिसहरू आफू नजान्ने, बाटो पनि नछाड्ने मात्र छेकेर बस्ने गर्छन् । यो विषय सबैलाई लागू हुन्छ । 

–पार्टीभित्र समस्या परेन...

साथीहरूले बुझ्नुभएको छ कि विराजभक्त स्पष्ट वक्ता हो भनेर । 

कसैलाई केही कुरा भन्नुपर्छ भने विराजभक्तले बैठकमै सबैका अगाडि सार्वजनिक रूपमै भन्छ भन्ने थाहा छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro