site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आजदेखि सरकारी वकिलको बहस 
फाइल तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरवलोकन निवेदनमाथिको सुनुवाइमा आजबाट सरकारी वकिलले बहस गर्ने भएका छन् । उच्च अदालत पाटनमा गत सातादेखि बहस जारी छ ।

मंगलबारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ । उनीहरूको बहस सकिएसँगै आजदेखि सरकारी वकिलले बहस गर्ने छन् । बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबार अभियुक्तका वकिलले जवाफी बहस गर्ने छन् । उच्च अदालत पाटनका श्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार शुक्रबार फैसला आउने सम्भावना छ ।

Dabur Nepal
NIC Asia

सोमबारदेखि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका वकिलहरूले प्रतिरक्षा बहस गरेका थिए । उनीहरूको बहस मंगलबारको खाजा ब्रेकअघि सकिएको थियो । खाजा ब्रेकपछि अभिभयुक्तहरू रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस भएको थियो । यससँगै प्रतिवादीहरूका वकिलहरूको बहस टुंगिएको हो ।

आजदेखि सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सरकारी वकिलको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्ने छन् । त्यसपछि पुनरावेदन निवेदनमा उच्च अदालतको फैसला आउनेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी वकिलसमेत संलग्न भएको भन्दै मुद्दा चलेपछि गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुईजनाबाहेक सबै अभियुक्तालई पुर्पक्षका लागि धुनामा पठाउन आदेश गरेको थियो । थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro