राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले स्थानीय तहका कर्मचारीको आन्दोलनमा सरकार निर्मम भएर उभिएको भन्दै आलोचना गरेका छन् । चिनी अभावबारे पनि उनले ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले चाडपर्वको समयमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै आपत्ति जनाए ।
“चिनीमा कृत्रिम अभाव सिर्जना गरिएको छ । कालोबजारीलई प्रशय दिने काम सरकारले गर्यो । जनताको वस्तु उपभोग गर्ने अधिकार कुण्ठित नगरोस्,” उनले भने ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १३:४९
प्रतिक्रिया दिनुहोस्