site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘गृहमन्त्री’ सँग झोक्किए देउवा, पूर्णबहादुरले रोक्न खोज्दा पनि रोकिएनन् 

काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिए । 

आफ्नो पार्टीका नेता बालकृष्ण खाणको बचाउमा बोलेका देउवालाई आफ्नै उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले रोक्न खोज्दा पनि उनि मत्थर नभएको बैठकमा सहभागी एक नेताले बताए । 

“एक पटक हैन पटक–पटक नै उहाँ (देउवा) आक्रोशित हुनुभयो । कांग्रेसलाई थुन्ने अनि आफ्नो मान्छे बचाउने ? भन्दै उहाँ गृहमन्त्री माथि खनिनु भयो,” बैठकमा सहभागी ती नेताले भने । 

बैठकमा देउवाले २–३ पटक बालकृष्ण खाँणको नाम लिएका थिए भने महरा बाउछोरालाई किन बचाएको भन्दै प्रश्न गरेको ती नेताले बताए । 

“नाम के हो रे भन्दै महरा बाउछोराको नाम मिडियामा आएको र उनीहरुलाई पक्राउ नपरेको भन्दै आक्रोश पोख्नुभयो,” ती नेताले भने ।  देउवाको आक्रोश मत्थर नभएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आज सभापतिज्यूलाई के भएछ ? भन्दै वातावरण सामान्य बनाउन खोजेका थिए । 

“गृहमन्त्रीले सभापतिज्यूलाई के भएछ । के–के कुरा उठाउनुहुन्छ भन्नुभयो । एकपटक चाहिँ सबै विवरण सुनाउनुभयो तर, देउवा कूल हुनुभएन,” बैठकमा सहभागी अर्का एक नेताले भने । 

देउवालाई उपसभापति पूर्णबहादुर खड्काले पनि रोक्न खोजेका थिए ।

“अर्को पटक कुरा उठाउँला दाइ । यहाँ प्रसंग मिलेन भनेर पूर्णजीले भन्नुभयो । तर देउवाले केको विषय नमिल्ने ? विषय एउटै हैन ? बालकृष्ण पक्रिने आफ्नै पार्टीका नेतालाई छोड्न मिल्छ भन्नुभयो,” ती नेताले भने । 

प्रधानमन्त्री प्रचण्डले सदनको जारी गतिरोध अन्त्य गर्न बैठक बोलाएका थिए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro