site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्चस्तरीय छानबिनको विकल्पै छैन, सरकार प्रभावकारी भएन : प्रदीप पौडेल
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन अघि बढाउनुपर्ने बताएका छन् ।

पार्टीेको जारी संसदीय दलको बैठकमा बोल्दै उनले आजै त्यसबारे निर्णय लिएर उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र संसद्लाई समेत सञ्चालन गर्न पार्टीले नेतृत्व लिनुपर्ने धारणा राखे ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा नेता पौडेलले सरकारका उच्च अधिकारीहरूको संलग्नताबिना एयरपोर्टबाट कसैले पनि १०० केजी सुन तस्करी गर्ने कल्पनासम्म पनि गर्न नसक्ने बताए ।

“एयरपोर्टबाट १०० किलो सुन ल्याउँदा अध्यागमन र सुरक्षा निकायको मिलेमतो नभएको कुरा कसैले पत्याउँदैन । यो उच्चस्तरकै संलग्नता नभएको हो भनेर यसै भन्न सकिँदैन,” उनले भने, “यसमा हामी गहन हुनुपर्छ । यो प्रकरणको तीन हप्ता बितिसकेको छ । तर छानबिन भएको छैन । यही विषयले संसद् अवरुद्ध छ । त्यसकारण हामीले आजै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धानका लागि बाटो खुला गर्नुपर्छ, यसको कुनै विकल्पै छैन । यसको मात्रै होइन, अहिलेसम्मका सबै चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिन गर्नुपर्छ ।”

उनले संविधान कार्यान्वयनमा ल्याउन १५० वटा कानुन बनाउन आवश्यक रहेको भन्दै अहिले संसद्को प्रमुख दलको हिसाबले कांग्रेसले त्यसको अगुवाइ गर्न नसकिरहेको बताए ।

“हामी सत्तारुढ दलका सांसदहरू भएकै कारण सरकारले कति बेला के ल्याउँछ र ताली पड्काउने भनेर पर्खिरहनु ठिक होइन,” उनले भने, “हामीले सरकारलाई औँला ठड्याउन पनि सक्नुपर्छ ।”

सांसद पौडेलले कांग्रेसका मन्त्रीहरूले पनि सरकारमा गएर कुनै उल्लेखनीय सुरूआत गर्न नसकेको बताए ।

“तपाईँहरू सरकारमा गएको यत्तिका समय भयो । तर अहिलेसम्म सरकार नै नभएको जस्तो अवस्था छ । कमसेकम सरकार छ भन्ने अनुभूति हुने एक, दुईवटा भए पनि योजना ल्याइदिनुस्, कार्यक्रम ल्याइदिनुस्,” उनले भने, “हामीले घोषणापत्रमा दर्जनौँ घोषणाहरू राखेका छौँ, त्यसको कार्यान्वयन गरिदिनुस् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro