site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुलारूपमा पानीपुरी, चटपटे र दुध बेच्न नदिने काठमाडौं महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलारूपमा पानीपुरी, चटपटे र दुध बिक्रीमा रोक लगाउने तयारी गरेको छ । संक्रमणजन्य रोगहरूको जोखिम बढेको भन्दै महानगरले यी खाद्य पदार्थको खुला बिक्रीमा रोक लगाउने तयारी गरेको हो । 

महानगरको आइतबार बसेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपप्रमुख सुनिता डंगोलले बर्खायाममा खुला खाद्य पदार्थ बिक्रीमा रोक लगाउनुपर्ने बताइन् । 

“पानीपुरी, चटपटेजस्ता उपभोक्ता खानेकुरामा उपभोक्ताहरू झुम्मिने गर्नुभएको छ । यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने हुन सक्छ,” उनले भनिन् ।

खुला दुध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत भएकाले यसलाई तत्काल रोक लगाउनुपर्ने डंगोलको भनाइ छ । 

मासु पसल, दुध डेरी, तरकारी तथा फलफूल पसल अनुगमन गरी सचेत गराउने र सुधारको मौका दिने र सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारबाही गर्ने महानगरको तयारी छ । साथै कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने महानगरले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro