site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दिनुपर्नेमध्ये एक तिहाइ एन्टिबायोटिक औषधि सिफारिस गर्छन् चिकित्सक : अध्ययन

काठमाडौं । चिकित्सकले बिरामीलाई दिनेमध्ये एक तिहाइ एन्टिबायोटिक औषधि सिफारिस गर्ने गरेको अध्ययनले देखाएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो तथ्यांक देखिएको हो । 

चिकित्सकले सिफारिस गरेका औषधिमध्ये ३८ प्रतिशत अर्थात् एक तिहाइ औषधि एन्टिबायोटिक हुने गरेको अध्ययन प्रतिवेदनमा देखिएको छ । त्यस्तै, ८५ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिबायोटिक औषधि सिफारिस गर्दा जेनेरिक नाम उल्लेख नगरेको पनि प्रतिवेदनमा उल्लेख छ । 

यसलाई परिषद्ले एन्टिबायोटिक औषधिको जथाभावी सिफारिसको रूपमा व्याख्या गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एन्टिबायोटिकलाई पहिलो नम्बरमा एक्सेस, दोस्रोमा वाच र तेस्रो रिजर्भ गरी तीनवटा समूहमा वर्गीकरण गरेको छ  । 

डब्लूएचओको मापदण्डमा एन्टिबायोटिक औषधिको समग्र प्रयोगमा ६० प्रतिशत एक्सेस गु्रपको हुनपर्छ । तर, नेपालमा भने एक्सेस गु्रपको प्रयोग ३० प्रतिशत, वाच ग्रुपको औषधिको प्रयोग ७० प्रतिशतभन्दा बढी र रिजर्भ गु्रपको औषधिको प्रयोग एक प्रतिशतभन्दा कम देखिएको परिषद्का सदस्या सचिव डा. प्रदीप ज्ञवालीले बताए । 

अध्ययनमा डाक्टर स्वास्थ्यकर्मी, बिरामी, भेटेरिनियन, पोल्ट्री फार्ममा आवद्ध कृषकहरू गरी ९ हजार ७२ जनालाई अध्ययनमा सहभागी गराइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro