site stats
बाह्रखरी :: Baahrakhari
देश
महोत्तरीबाट पेस्तोल र गोलीको खोकासहित एकजना पक्राउ

काठमाडौं । महोत्तरीबाट पेस्तोल र गोलीको खोकासहित एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका–१, लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डल रहेका छन् । उनको साथबाट प्रहरीले पेस्तोल एक थान र गोलीको खोका तीन थान बरामद गरेको छ । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही नगरपालिका–१, बसबिट्टी बजारमा कौशलले पेस्तोलबाट गोली प्रहार गर्दा सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो । 

घाइते यादवको जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्