site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने समितिको निर्णय

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको समितिको बैठकबाट अघिल्लो निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको हो ।

गएको जेठ २९ गते बसेको समितिको बैठकबाट ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइएको थियो । आज उक्त निर्णय सच्याएर ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्