site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदले हस्पिटल र स्कुल खोल्न पाउँदैन भन्ने नीति ल्याऊँ : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सांसदले हस्पिटल र स्कुलको व्यापार गरेर अहिले समस्या निम्तिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै शाहीले यस्तो शिक्षा र स्वास्थ्य निःशुल्क पाउने व्यवस्था गर्नुपर्ने बताए ।

जनताले राजस्व तिरेअनुसारको सेवा नपाएको भन्दै उनले सरकारले जनतालाई आफ्नो अधिकारबाट वञ्चित गरेको बताए ।

“दक्षिण एसियामा सबैभन्दा बढी कर छ । तर, आज स्वास्थ्य उपचार नपाएर प्राइभेट अस्पतालमा जानुपर्ने बाध्यता छ । यही भएका नेताहरू अस्पताल र शिक्षाको व्यापार गर्छन्,” उनले भने, “यो व्यापार बन्द गर्ने नीति ल्याउनुहोस् । कुनै पनि सांसदले हस्पिटल र स्कुल खोल्न पाउँदैन भन्ने नीति ल्याउनुुस् न ।”

बेरुजु बढ्दै गएको भन्दै उनले यसलाई घटाउन लाग्नुपर्ने पनि बताए । बेरोजगारी बढेको भन्दै उनले यसतर्फ सरकारले ध्यान नदिएको पनि बताए । ऋण बढाको बढाइ गरेर त्यसको उपभोग नभएको पनि उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro