site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बादल, प्रेम राईबारे सदनमा रविको प्रश्न : एकपटक छानबिनका लागि बोलाउन नसकिने को हो उहाँहरू ?
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानले नक्कली भुटानी शरणार्थी प्रकरणले राज्यका सबै अंगको विश्वसनीयता समाप्त पारेको बताएका छन् । लामिछानेले संसद्को आकस्मिक समयमा बोल्दै यस्तो बताएका हुन् ।

तीन दलका नेताहरुले खुसुरखुसुर छलफल गर्दा नै शंका उत्पन्न भएको भन्दै उनले अब त राज्यका अनुसन्धान निकायदेखि उच्च तहसम्मको विश्वसनीयता नै समाप्त भएको बताए ।

“तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शंका लागिरहेको थियो । आज त राज्यका निकायहरु, अनुसन्धान निकायहरुमै प्रश्न उठिरहेको छ,” लामिछानेले भने, “यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन । खुलेयाम बालुवाटार र सिंहदरबारमा पैसा बुझेको कुरा आइरहेको छ ।”

उनले यसरी किटानी बयान दिँदा समेत नाम मुछिएकाहरुलाई पक्राउ नगर्नुले राज्यमाथिको विश्वसनीयतामा प्रश्न उठेको बताए ।

“ज–जसको नाम आएको छ, उनीहरुको छानबिन समेत गर्न नसक्ने गरी किन डराएको ? प्रधानमन्त्री, गृहमन्त्री मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको ?,” लामिछानेले भने, “हाम्रो हकमा, नागरिकको हकमा आउँछु भन्दा भन्दै समातिएको छ । न्युजरुमबाट समातिएको व्यक्ति म यहाँ छु ।”

उनले आफूले नाम आएकहरु दोषी हुन् भनेर आरोप लगाएको नभई उनीहरुमाथि पनि छानबिन हुनुपर्ने बताए ।

“एकपटक छानबिनका लागि, सोधपुछका लागि बोलाउन पनि नसक्ने को हो उहाँहरु ?,” लामिछानेले प्रश्न गरे । उनले अहिलेका अनुसन्धानको विश्वसनीयमा प्रश्न उठेको भन्दै तत्काल संसदीय समिति बनाउन माग गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहका नाइके भनिएका सानु भण्डारीले नै बयानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, तत्कालीन समयमा गृहसचिव रहेका हालका अख्तियार प्रमुख प्रेम राईसहितलाई पैसा बुझाएको किटानी गरे पनि उनीहरुमाथि छानबिन भएको छैन । 

सामाजिक सञ्जालमा सार्वजनिक अडियोमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा र अनुसन्धानका क्रममा थु्नामै रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणपत्नी तथा कांग्रेस नेता मञ्जु खाँण पनि अनुसन्धानको दायरामा तानिएका छैनन् ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro