site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब आठजनाको टिमले अगाडि बढाउनेछ नक्कली शरणार्थीसम्बन्धी मुद्दा, भोलि फेरि म्याद थप
Sarbottam CementSarbottam Cement

काठमाडौं । करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवदेन पेस गरिएको हो ।

उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा आउँदो बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुपर्छ । कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेसहितको आठजानाको टिमले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउनेछ ।

यो प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको नेउपानेले बाह्रखरीसित बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।

यो प्रकरणमा थप प्रमाणहरू फेला परेमा प्रतिवादीको संख्या थपघट हुन सक्ने पनि उनले बताए । “प्रहरीले ल्याएका प्रतिवादी सबैविरुद्ध मुद्दा नचल्न पनि सक्छ, केही फेरि थपिन पनि सक्छन्,” उनले भने ।

Global Ime bank

पक्राउ परेका १६ र फरार १६ जनाबाहेकविरुद्ध पनि प्रमाण भेटिएमा मुद्दा चलाउन मिल्ने गरी अभियोजन दर्ता गरिने उनले जानकारी दिए ।

पक्राउ परेका १६ जनालाई मंगलबार (भोलि) फेरि थुनामा राख्न म्याद थप गरिने उनले बताए । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट अनुमति लिइनेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूका बयान र प्रमाणका आधारमा प्रहरीले यो प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्षअगाडिदेखि प्रक्रिया सुरु गरेको नेउपाने बताउँछन् । नेपाली नागरिकलाई विदेशी मुलुक (विशेष गरी अमेरिका) पठाउने आश्वासन दिएर रकम असुल गरिएको प्रमाणहरूबाट पुष्टि हुने उनको भनाइ छ ।

उजुरी परेपछि प्रहरीले छानबिन सुरु गरेको थियो । शंकाको घेरामा परेका व्यक्तिहरूविरुद्ध प्रहरीले प्रमाण जुटाएको थियो । कसुर पुष्टि हुने देखिएका प्रमाण फेला पारेपछि प्रहरीले आरोपितलाई पक्राउ गर्न अदालतबाट अनुमति माग गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement