site stats
बाह्रखरी :: Baahrakhari
देश
वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनी नियुक्त 
Argakhachi Cement Island Ad

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयले ट्रमा सेन्टरका चिकित्सक डा. मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो ।

यसअघि कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम थिए । डा. गौतमलाई परोपकार प्रसुति गृह थापाथलीमा सरुवा गरिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्