देश
बाजुरामा अवरुद्ध राजमार्ग सञ्चालनमा

बाजुरा । बाजुरामा शुक्रबार (साउन ३०) रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा यातायात सञ्चालनमा ल्याइएको छ ।
जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–४, रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो ।
हाल राजमार्गमा जेसीभीको सहयोगले पहिरो पन्छाएपछि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२ १४:५५
प्रतिक्रिया दिनुहोस्