site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्फ्यु क्षेत्रमा राति १० बजेसम्म गाडी बन्द 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंले कर्फ्यु लगाएको क्षेत्रमा राति १० बजेसम्म गाडी बन्द गरिएको छ । 

शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी भएपछि सो क्षेत्रमा पूर्ण रूपमा गाडी बन्द गरिएको हो । प्रशासनले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यु लगाएको छ ।

यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यु आदेश जारी गरिएको छ । यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यु आदेश जारी गरिएको छ ।

राजावादीको प्रदर्शनले उग्र रूप लिएपछि गाडी पनि बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro