site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पका सुरक्षा निर्देशकले भने : नेपाललाई दिने आर्थिक सहयोगले निरन्तरता पाउँछ

काठमाडौं । अमेरिकाका एक वरिष्ठ अधिकारीले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगले निरन्तरता पाउने बताएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलले यस्तो आश्वासन दिएका हुन् । 

भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’का क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगको भेटमा उनले यस्तो बताएका हुन् । उनीहरूबीच आज मंगलबार ‘साइडलाइन’ भेटवार्ता भएको थियो । 

सो अवसरमा मन्त्री डा. राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरेकी थिइन् ।

सो भेटवार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro