देश

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको हो ।
रोकायाको घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी एक सय मिटर तल खोचको खसेका थिए । रासस
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ ११:३७
प्रतिक्रिया दिनुहोस्