site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिपीले ‘तिमी नेपालमा नै बस्नू’ भनेकाले विदेश पुगेर पनि स्वदेश फर्किएँ : डा. शशांक

कास्की । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाल असंख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने सुझाव दिएका छन् । 

नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले नेपालको समृद्धिमा युवाले प्रमुख भूमिका निर्वाह गर्ने बताए । 

“म सानो हुँदा बुबा बिपी कोइरालाले भन्नुहुन्थ्यो, ‘म धेरै राष्ट्र घुमेँ, तर संसारमा सबैभन्दा सुन्दर देश नेपाल लाग्यो, तिमी नेपालमा नै बस्नू ।’ पछि मलाई विदेश जाने अवसर मिल्यो, तलब पनि मनग्य थियो, तर बुबाले भन्नुभएको कुराले बिझायो र विदेश पुगेर पनि स्वदेश नै फर्किएँ”, उनले भने । 

“विदेशबाट फर्केका युवाले त्यहाँ सिकेका सीप र अनुभवलाई सदुपयोग गरी स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए । “मानिसको जीवन भनेको प्रयास र संघर्षमय हुन्छ । निरन्तरको प्रयासले स्वदेशमा नै अवसर सिर्जना गर्न सकिन्छ,” उनले भने । 

कतिपय मानिसले असफलताबाट सफलता हासिल गरेका उदाहरणहरू समाजमा रहेका भन्दै उनले आफूले गरेका काममा असफलतातर्फ गए पनि निरन्तरको प्रयासपछि सफलता मिल्ने धारणा राखे । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले रोजगारीका लागि विदेश गएर स्वदेश फर्किएका युवाहरूले विदेशमा आर्जन गरेको सीपबाट उद्यमशीलता गरेर आफ्नो मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्नुपर्नेमा जोड दिए । 

केन्द्रीय सदस्य गुरु बरालले केही बाध्यता र केही रहरले विदेश गएका युवाहरू स्वदेशमा फर्केपछि मुलुकमा अवसर खोजिरहेकाले सबै यस्ता उदाहरण बन्न सक्नुपर्ने धारणा राखे । 

नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभाग गण्डकी प्रदेशका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro