site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघका विभिन्न परिषद्‍मा नेपाली उम्मेदवारका लागि मत माग्दै परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त भएकी छिन् । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री देउवाले सो सभामा सहभागी हुन आएका विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीसँग साइडलाइन भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा मन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले नेपालका ती उम्मेदवारीमा सहयोगका लागि उनीहरूलाई आग्रह गरेकी छिन् । 

उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेको र सो कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायलाई सामेल गराउने योजना बनाएकाले त्यसमा सहभागिताका लागि पनि आफ्ना सकमक्षी तथा नेतालाई आमन्त्रण गरेकी छिन् । 

त्यसैगरी भेटवार्ताका क्रममा मन्त्री राणाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि विभिन्न देशका आफ्ना समकक्षी तथा मन्त्रीसँग आग्रह गरेकी छिन् । 

यसैक्रममा सोमबार मन्त्री राणाले नर्वेका उपविदेशमन्त्री एन्ड्रे क्राभिकसँग भेटवार्ता गरेकी थिइन् । भेटमा उनले नर्वेले नेपालको शान्ति प्रक्रियाका साथै नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् । 
 
नेपालले जलवायु परिवर्तनका कारण आफूलाई परेको असर तथा जलवायु न्यायका बारेमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आएकाले त्यसमा सहयोगका लागि पनि उनले नर्वे सरकारको सहयोगको अपेक्षा गरेको बताइन् ।  

नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई पर्ने सहयोगका लागि पनि मन्त्री राणाले नर्वे सरकारको सहयोगको अपेक्षा गरेको उनले बताइन् । 

त्यसैगरी सोमबार नै मन्त्री राणाले किर्गिज रिपब्लिकका उपप्रधानन्त्री एडिल बइसालोभसँग भेटवार्ता गरेकी थिइन् । 

त्यस क्रममा उनीहरूका बीचमा जलवायु परिवर्तनको असर तथा हिमाल र पहाडका एजेन्डालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा रूपमा अघि बढाउने विषयमा कुराकानी भएको थियो । मन्त्री राणाले फिलिपिन्सका उपविदेशमन्त्री चाल्र्स सी जोसेसँग पनि भेटवार्ता गरेकी थिइन् । 

त्यस अवसरमा उनीहरूबीच नेपाल फिलिपिन्स सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका बारेमा कुराकानी भएको थियो । 

फिलिपिन्ससँग जलवायु परिवर्तनका ऐजेन्डामा दुवै देश आगामी दिनमा साझा एजेन्डाका साथ कसरी अघि बढ्ने भन्ने विषयका साथै अरू पनि  साझा हितका बारेमा कुराकानी भएको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro