site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुन्छ : सिंह

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन विधान र नेपालको संविधानको प्रावधानानुसार हुने बताएका छन् । कांग्रेस धनुषाले शनिबार (फागुन १०) पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले सबैलाई समेटेर विधानानुसार नै महाधिवेशन हुने स्पष्ट पारे ।

“विधि र नियमानुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुन्छ । सबैलाई मिलाएर महाधिवेशन हुनेमा सबै विश्वस्त छौँ,” नेता सिंहले भने ।

उनले आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको जिकिर गरे । “कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौँ । पार्टीभित्रका समस्या हामीले नै समाधान गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिने गरी संगठनलाई अघि बढाउन आवश्यक छ,” पूर्वमहामन्त्री सिंहले भने, “पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्तर एकता कायम हुन्छ । आफ्ना गुट, उपगुटलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्तिले समस्य गर्छ । यसर्थ मनमुटाव समयमै व्यवस्थापन गरी सबै एकताबद्ध भएर अघि बढौँ ।”

उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको बताए । यसलाई सुदृढ र संस्थागत गरिनुपर्नेमा उनले जोड दिए । आमनागरिकलाई अधिकारसम्पन्न बनाउने जनचाहनाअनुसार नै राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका निम्ति सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुंगाना, गुरु बराललगायत नेता–कार्यकर्ताको सहभागिता थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro