site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षासँगै बिहीबार कीर्तिपुरमा बाढी : एकजनाको मृत्यु, एक बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । वर्षासँगैको बाढीले बगाउँदा बिहीबार कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ । मच्छेगाउँ बसपार्कनजिकका सर्दय लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ ।

बिहीबार (आज) बिहान देशका विभिन्न स्थानमा भारीसम्म वर्षा भएको थियो । वर्षासँगै त्यहाँ ढलको पानी बाहिर आउन थालेको थियो । त्यसपछि ढल मिलाउन जाँदा बाढीले उनलाई बगाएको थियो ।

बाढीले बगाएर उनलाई ढलभित्र पुर्‍याएको थियो । उद्धार गर्दा उनको मृत्यु भइसकेको थियो ।

कीर्तिपुरकै कीर्तिबिहारनजिकको खोलामा परेर बिहीबार एकजना बेपत्ता छन् । प्रह्लाद महर्जन बेपत्ता भएका कीर्तिपुर प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro