site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा
प्रतीकात्मक तस्बिर ।

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालयमा बिदा दिन थालिएको छ । जिल्लाको सुदूरदक्षिणवर्ती मनराशिसवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीका कारण सोमबार (आज)देखि ६ दिन विद्यालयमा बिदा दिने सूचना गरेको हो ।

घामको प्रचण्ड राप बढेर बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या भएपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए । यसअघि, गएको जेठमा पनि मनराशिसवासहितका जिल्लाका सबै स्थानीय तहले गर्मी छल्न सात दिन बिदा दिएका थिए ।

जिल्लाका अरू स्थानीय तहले पनि विद्यालयमा बिदा दिने तयारी गरेका छन् ।

जिल्लामा असोज लागेपछि बढेको प्रचण्ड रापले सरकारी कार्यालयमा कामविशेषले पुग्ने सेवाग्राही निकै घटेका छन् । यसैगरी, हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro