site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुरानो पत्रबारे अहिले विरोध उचित होइन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो असोज १ र २ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने र भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रूपमा भइरहेको र प्रतिनिधिको टुंगो लागेको जानकारी दिए । राष्ट्रिय भेला महाधिवेशनको तयारीका निम्ति आयोजना गरिएको उनले उल्लेख गरे ।

बुर्लाकोटीले संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानामगरलाई हटाउने षड्यन्त्र भइरहेको बताए । पुरानो मितिमा लेखिएको पत्रबारे अहिले विरोध जनाउने विषय उचित नभएकाले रास्वपाले यसको प्रतिरोध गर्ने उनको भनाइ थियो ।

राष्ट्रिय भेलामा राजनीतिक, सांगठनिक प्रतिवेदन पेस गरिनेछ । सबै प्रदेशका सभापतिले पनि आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने रास्वपाले जनाएको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro