site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आल्भारेज एट्लेटिको मड्रिडमा अनुबन्धित

काठमाडौं । अर्जेन्टिनी युवा फरवार्ड हुलियन आल्भारेज स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्ध भएका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीमा दुई सिजन बिताएका अर्जेन्टिनी फरवार्डलाई सोमबार एट्लेटिको मड्रिडले भित्र्याएको हो ।

डियागो सिमोनको प्रशिक्षणमा रहेको एट्लेटिकोले आल्भारेजलाई ६ वर्षको सम्झौतासहित ८१.५ मिलियन पाउन्डमा भित्र्याएको छ । आल्भारेज सन् २०२२ जनवरीमा सिटीमा आबद्ध भएका थिए ।

Dabur Nepal
NIC Asia

“आज म एक उत्कृष्ट क्लबबाट बिदा भएँ, भारी भावनासहित । यी दुई वर्ष विशेष रहे । यस समयमा मैले धेरै सिकेँ, खेलाडी र एक व्यक्तिका रूपमा पनि,” सिटीसँगको सम्झौता समाप्त भएपछि आल्भारेजले भने ।

सिटीमा आल्भारेजले ‘डेब्यु’ सिजनमै ‘ट्रेबल’ जितेका थिए । उनले सिटीबाट १०६ खेल खेल्दा ३६ गोल गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro