site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महोत्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते

जलेश्वर । महोत्तरीको पिपरामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुस्लिम समुदायको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न जाने क्रममा ट्र्याक्टर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीबार अपाराह्न करिब ४ बजे जलेश्वर नगरपालिका–६ धबौली गाउँबाट ज१त८०४४ नम्बरको ट्र्याक्टर जलेश्वर नगरपालिका–९ स्थित परिकौली चौक नजिकै दुर्घटनामा परेको हो ।

चालकले तीव्र गतिमा ट्र्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर पठाइएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टा चोट लागेको छ । केहीको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको छ । घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro