site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरजु र प्रदीप पौडेलसहित यी १० जना पहिलोपटक बने मन्त्री 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय वर्तमान मन्त्रिपरिषद्‌मा १० नयाँ अनुहार छन् । यो मन्त्रिपरिषद्‌मा चौथोपटक प्रधानमन्त्री रहेका ओली, १७ पल्ट मन्त्री बनेका शरतसिंह भण्डारी, सातचोटिका विष्णु पौडेलसहित पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहलगायत १२ पुराना अनुहार पनि छन् ।

मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका नयाँ अनुहार धेरै छन् । कांग्रेसको संस्थापन पक्षले सिफारिस गरेका मध्ये सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नयाँ अनुहार हुन् ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

संस्थापनइतर समूहको सिफारिसमा मन्त्री बनेका चारैजना नयाँ अनुहार छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी चारैजना नयाँ अनुहार हुन् ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहार छन् ।

मन्त्रिपरिषद्‌मा नयाँ अनुहारको सूची हेर्नोस्– 
१. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
३. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
४. ऐनबहादुर शाही – वन तथा वातावरण
५. तेजुलाल चौधरी – युवा तथा खेलकुद
६. आरजु राणा – परराष्ट्र
७. मानवीर राई – रक्षा
८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
९. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१०. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:४६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro