site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतले किसानको प्रदर्शनसम्बन्धी पोस्ट सेयर गर्ने अकाउन्ट ब्लक गर्न आदेश दियो : एक्स

काठमाडौं । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर)ले भारत सरकारले किसानको प्रदर्शनसम्बन्धी पोस्ट सेयर गर्ने अकाउन्ट ‘ब्लक’ गर्न आदेश दिएको जनाएको छ । भारत सरकारको उक्त आदेशप्रति आफ्नो असहमति रहेको एक्सले उल्लेख गरेको छ ।

“किसानको प्रदर्शनसँग जोडिएका पोस्ट गर्ने एक्स अकाउन्ट तथा पोस्ट ब्लक गर्नुहोस्,” भारतले एक्सलाई भनेको छ ।

भारतले उक्त आदेश दिएपछि एक्सको विदेश मामिला हेर्ने अकाउन्टले विज्ञप्ति जारी गर्दै असहमति जनाएको हो । एक्सले भनेको छ, “भारत सरकारले आदेश जारी गरेको छ, जसमा एक्सका केही अकाउन्ट तथा पोस्टमाथि कारबाही गर्न भनिएको छ । ती अकाउन्ट र पोस्ट ब्लक गर्न भनिएको छ, किनकि ती भारतको कानुनानुसार दण्डनीय छन् ।”

एक्सले थप भनेको छ, “आदेशको पालना गर्दै ती अकाउन्ट र पोस्टलाई हामी केवल भारतमा मात्र ब्लक गर्नेछौँ । तर, यसमा हाम्रो असहमति छ र हाम्रो मान्यता अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ भन्नेमा छ ।”

आफ्नो नीतिअनुसार केवल भारतमा ब्लक गरिने अकाउन्टका प्रयोगकर्तालाई यससम्बन्धी जानकारी दिइसकिएको एक्सले जनाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, भारतको गृह मन्त्रालयको अनुरोधमा आईटी मन्त्रालयले १७७ अकाउन्ट अस्थायी रूपमा ब्लक गर्न आदेश दिएको छ । ती अकाउन्टबाट किसानले भारतमा अहिले गरिरहेको विरोध प्रदर्शनसम्बन्धी पोस्ट सेयर गरिएको थियो । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro