site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ज्वाइँको फोटोमा रामेश्वरको अपराध

काठमाडौं । प्रहरीले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी खोलेरे ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–३ का ३५ वर्षीय रामेश्वर सिंह र धनुषाको मिथिला नगरपालिका–२ का २७ वर्षीय रामसेवक सिंह रहेका छन् । उनीहरू ललितपुरको नख्खुमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले राजकुमार बजगाईंसहि ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोपका देशहरूमा पठाइदिने आश्वासन दिएका थिए । त्यसका लागि प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र युरोप पुगेपछि मासिक एक लाख ५५ हजार रुपैयाँ तलब हुने गरी प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने बताएका थिए ।

Dabur Nepal
NIC Asia

पीडितहरूबाट पटकपटक गरी ६३ लाख लाख रुपैयाँ उठाएर उनीहरू सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।

के हो घटना ?

प्रहरीका अनुसार रामेश्वर सिंहले ०७४ सालमा बजाज ओभरसिसमा कर्मचारीको रूपमा काम गरेर वैदेशिक रोजगारसम्बन्धी काम सिकेका थिए ।

०७४ सालको फागुनमा उनले भेरी ओभरसिस किनेर सञ्चालन गरे । त्यतिबेला उनी २०० जनालाई तीन करोड रुपैयाँ ठगी गरेको अभियोगमा एक वर्ष ६ महिना जेल बसेर निस्किएका थिए ।

तर, उनको अपराध यात्रा रोकिएन । उनले आफ्नै ओभरसिसमा विदेश जान चाहेका तीन जनाको नागरिकताको दुरुपयोग गरे ।

प्रहरीका अनुसार उनले सञ्चालन गरेको भेरी ओभरसिसमा विदेश जान सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवले नागरिकतासिहतका कागजात पेस गरेका थिए । उनीहरू तीनैजनाको नागरिकताको प्रमाण प्रत्रमा रामेश्वरले आफ्नो ज्वाइँ नाता पर्ने रामसेवक सिंहको फोटो टाँसेर विराट कन्सल्टेन्सी बिर्तामोड, गढीमाई कन्सल्टेन्सी काठमाडौं र कमलमाई कन्सल्टेन्सी दर्ता गरे ।

त्यसपछि उनले ४८ जनाबाट रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने आश्वासन दिएर प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाए ।

उनले सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआईसी एसिया बैंक र कामना विकास बैंकमा खाता समेत खोलेका थिए । कारोबार भने रामसेवक सिंहबाट गर्ने गरेका थिए ।

सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादव धनुषामै कृषि पेसा गरिरहेका थिए । यता उनीहरूको नागरिकता विभिन्न बैंकदेखि कन्सल्टेन्सी खोल्ने काममा दुरुपयोग भइरहेको थियो । त्यसबारे उनीहरू तीनैजनालाई कुनै जानकारी थिएन ।

उनीहरूको नाममा खोलिएका कन्सल्टेन्सीबाट ठगिएपछि पीडितहरूले सरोज यादव, नागेन्द्र यादवविरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिए । प्रहरीले उनीहरूलाई खोज्न थाल्यो ।

तर, अुनसन्धान गर्दै जाँदा रामेश्वर सिंहले आफ्नो  ज्वाइँ नाता पर्ने  राम सेवक सिंहको फोटो टाँसेर उनीहरूको नागरिकता दुरुपयोग गरेको तथ्य फेला पर्‍यो ।

रामेश्वरको अपराध यात्रा

प्रहरीका अनुसार रामेश्वर सिंहविरुद्ध २०७४ सालमा ठगी मुद्दा चलेको थियो । त्यतिबेला उनलाई एक वर्ष ६ महिना कैद भएको थियो ।

उनीविरुद्ध ०७८ सालमा पनि ठगी मुद्दा दर्ता भयो । तर, उनी फरार थिए ।

उनलाई ०७९ मा सिन्धुलीमा लागुऔषध मुद्दामा २४ दिन कैद र दुईहजार रुपैयाँ जरिवाना भएको थियो ।

प्रहरीले उनीहरू साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड बरामद गरेको छ ।

उनहरूलाई प्रहरीले मंगलबार अपराह्नतिर ललितपुरबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारकाहीका लागि दुवै जनालाई प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रहरीले उनीहरूमाथि ठगी, किर्ते जालसाजी, बैकिङ कसुरलगायतका अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro