site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री फेरेर काम हुँदैन : शशांक

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फेरेर काम नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बिहीबार निस्कने क्रममा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए ।

“मान्छे परिवर्तन गरेर हुँदैन । उनीहरूबाट नै काम लिनुपर्‍यो,” कोइरालाले भने ।

मन्त्रीहरूले काम गर्न नसकेको उनको ठहर छ । किन गर्न सकेका छैनन्, उनीहरूलाई के अप्ठ्यारो छ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

“काम त राम्रो भएको छैन, मान्छे परिवर्तन गरेर काम हुन्छ भन्ने के छ ? मान्छेले पहिले सोच्नुपर्‍यो– मन्त्री भएपछि के काम गर्ने ? समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्‍यो,” उनले भने ।

तपाईं मन्त्री नबन्ने ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले प्रतिप्रश्न गरे, “मन्त्री किन बन्नुपर्‍यो ?”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro