site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धरौटीमा छुटेका केसी, महर्जन र मियाँलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशले धरौटीमा छुटेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइने भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय प्रकाश खरेल र जनक पाण्डेको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुर रायमाझीका छोरा सन्दीप, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रामशरण केसीलाई शुक्रबार थुनामुक्त गर्ने आदेश गरेको थियो ।

Dabur Nepal
NIC Asia

सो आदेशपछि केसी, महर्जन र मियाँले आइतबार धरौटी तिरेका छन् । केसीले १० लाख, महर्जनले १५ र मियाँले १० लाख धरौटी बुझाएका हुन् । बुढाथोकीलाई भने साधारण तारेखमा छोड्ने आदेश भएको थियो । 

सन्दीपले धरौटीको प्रक्रिया अघि बढाएका छन् । भुटानी नेता रिजालले भने आफूसँग १५ लाख रुपैयाँ धरौटी तिर्न रकम नभएको भन्दै कारागारमै बस्ने बताएका छन् ।

धरौटी बुझाएकाहरूलाई सुन्धारा कारागार प्रशासनले सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाउन लागेको हो । कारागार प्रशासन प्रमुख ललित बस्नेतले आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग बुझाउने तयारी भएको बताए ।

“धरौटी बुझाएकाहरूको हकमा अब हामीले राख्न मिलेन अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी गर्दैछौँ,” बस्नेतले भने । 

प्रहरीले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि सम्पत्ति शुद्धीकरण तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

उनीहरूमाथि अब विभाग र अख्तियारले पुनः अनुसन्धान गर्नेछ । अनुसन्धान गर्दा थुनामै राखेर अनुसन्धान गर्नुपर्ने देखिए उनीहरू बाहिर निस्कन पाउने छैनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro