site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा करेन्ट लागेर दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ । 

दमक नगरपालिका–३ स्थित खोल्सीमा मोटरबाट पानी तान्ने क्रममा सोमबार दिउँसो करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भोजपुर नगरपालिका–११ का ३५ वर्षीया चंखबहादुर सार्की रहेका छन् । करेन्ट लाग्दा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सार्की सोही ठाउँमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार हुन् । 

त्यस्तै, कन्काई नगरपालिका–३ स्थितमा हरिहर पराजुलीको दुई तले घरमा टिनको छाना लगाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कन्काई नगरपालिका–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठको सोमबार मृत्यु भएको हो । 

फलामको पाइप बोक्ने क्रममा अचानक बिजुलीको तारमा छुन गइ करेन्ट लाग्दा घाइते भएका श्रेष्ठको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro