site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘क्विन्टल सुन’ प्रकरण– विभागमाथि विश्वास भएन ! सीआईबीले थाल्यो शून्यदेखि अनुसन्धान

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको ‘क्विन्टल सुन’को आधिकारिक तौल लिने प्रक्रिया सुरु भएको छ ।

२ साउनमा बरामद गरेको ‘क्विनटल सुन’ जोख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग टक्सार महाशाखालाई पत्रचार गरेसँगै सुनको तौल लिन लागिएको हो ।

राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाले सुनको तौल ८० देखि एक क्विन्टलसम्म हुन सक्ने बताउँदै आएका छन् । यो हालसम्म बरामद भएको सबैभन्दा बढी हो ।

Dabur Nepal
NIC Asia

सुरुमा गरेको अनुसन्धान १७ दिनपछि २१ साउनमा सीआईबीले गर्ने गरी सबै कागजात विभागले प्रहरीको जिम्मा लगाएको थियो ।  सीआईबीले हाल प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापाको नेतृत्वमा अनुसन्धान जारी राखेको छ ।

उक्त अनुसन्धान टोलीमा मानव बेचविखन नियन्त्रण ब्यूरोमा कार्यरत एसपी कृष्ण पंगेनीसमेत छन् ।  तर सीआईबीले अनुसन्धानको जिम्मा पाएको एक हप्तासम्म पनि कसैलाई पक्राउ भने गर्न सकेको छैन ।

विभागले उक्त प्रकरणमा जोडिएका १८ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाईसमेत विभागले हाल सीआईबीको जिम्मा लगाइसकेको छ । तर सीआईबीले भने तस्करीको अनुसन्धान शून्यबाट थालिएको बताएको छ ।

“सुन तस्करीको अनुुसन्धान हामीले शून्यबाट थालेका छौँ । विभागले समातेका आरोपीहरुमाथिको बयान लिने काम भइरहेको छ । उनीहरुको बयानको आधारमा हामी थप कोहीलाई पक्राउ गर्नुपर्ने देखिए पक्राउ गर्छौँ,” अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले पनि सीआईबीले क्विन्टल सुन प्रकरणमा मिहीन ढंगले अनुसन्धान जारी राखेको बताए ।

“सीआईबीको टोली अनुसन्धानमै केन्द्रित छ । अहिलेसम्म नयाँ आरोपीहरु पक्राउ परेका छैनन् । संगठित अनुसन्धानमा बयानसँग प्रमाण देखिए पक्राउ पर्ने हुन् । प्रहरी त्यसको संकलनमा लागेको छ,” डीआईजी कडायतले भने ।

हालसम्म बरामद भएको उक्त सुनको मालिक को हुन् भन्नेबारे विभाग र प्रहरीले कुनै भेउ पाएको छैन ।  “यो सुन प्रकरणमा तीनवटा तह छ,” विभाग स्रोतले भन्यो, “हामी दुई तहमा सफल भएर तेस्रो तहमा प्रवेश गर्दै थियौँ, अनुसन्धान रोकियो ।”

विभागका अनुसार पहिलो तहमा भरिया, दोस्रो तहमा भरिया प्रयोग गर्ने व्यक्ति र तेस्रो तहमा लगानीकर्ता रहेका छन् । यद्यपी विभागले ४ साउनमा विमानस्थलबाट पक्राउ गरेका चिनियाँ नागरिक जिक्वीन लिङ लगानीकर्तामध्ये एक जना रहेको दाबी गरेको छ ।

क्विन्टल सुन प्रकरणमा उनीसहित ३ जना विदेशी पक्राउ परेका छन् । अन्य चिनियाँ माथिसमेत प्रहरीले निगरानी बढाएको छ । यद्यपी संगठित अपराधमा अनुसन्धान जति ढिलो हुन्छ आरोपी भाग्ने र उम्किने सम्भावना त्यति धेरै हुने पूर्वप्रहरी अधिकारीहरु बताउँछन् ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले संगठित अपराधको अनुुसन्धान गर्न सयम लाग्ने भए पनि ढिलो हुँदा आरोपी भाग्ने अवस्था आउने बताए । उनी भन्छन्, “सकेसम्म संगठित अपराध गोप्यरुपमा गर्नुपर्ने हुन्छ । यसमा एक लेयरले अर्को लेयरलाईसमेत चिन्ने अवस्था हुँदैन त्यस्तो अवस्थामा अनुसन्धान जटिल हुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro