site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एकसाथ तीन संगठित अपराधको अनुसन्धान गर्दै सीआईबी, भरियो हिरासत कक्ष

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हाल तीन ठूला र संगठित अपराधको अनुसन्धान गरिरहेको छ । बहुचर्चित ललितानिवास जग्गा प्रकरण, राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब क्विन्टल सुनकाण्ड र शिवशिखर सहकारी ठगीबारे सीआईबीले एकसाथ अनुसन्धान गरिरहेको हो ।

उक्त प्रकरणमा जोडिएका ४५ आरोपित सीआईबीको नियन्त्रणमा छन् । ललितानिवास जग्गा प्रकरणमा सीआईबीले २० जनालाई पक्राउ गरिसकेको छ ।

Dabur Nepal
NIC Asia

सुन तस्करी प्रकरणमा जोडिएका १७ जनालाई विभागले सीआईबीको जिम्मा लगाएको थियो । शिवशिखर सहकारीका आरोपित समेत गरेर ४५ जना सीआईबीको थुनामा रहेका हुन् ।

यी सबै आरोपितलाई राख्न सीआईबीको हिरासत कक्ष साँघुरो भएको छ । तीमध्ये ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका र शिवशिखर सहकारीका आरोपित गरेर २० जना मात्र हाल सीआईबीको हिरासत कक्षमा रहेका स्रोतले जानकारी दिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपितलाई भने सीआईबीले काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको छ । उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्त, महाराजगन्ज र स्रोहखुट्टे प्रहरी वृत्तमा राखेर अनुसन्धान गरिँदै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro