site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तीन वर्षपछि धमाधम बन्दैछन् पीडितका घर (फोटोफिचर)
Ghorahi CementGhorahi Cement

काठमाडौं । भूकम्प गएको तीन वर्ष बितेपछि बल्ल भत्केका घरहरु धमाधम ठडिँदैछन् । भूकम्प पीडितले असार मसान्तसम्ममा सरकारले उपलब्ध गराउने तेस्रो किस्ताबापतको १ लाख रकम बुझिसक्नु पर्ने भएपछि यतिबेला घर पुनर्निर्माणको काममा तिव्रता थपिएको हो । 

भूकम्पबाट प्रभावित प्रायः जिल्लाहरुमा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानाएको छ । प्राधिकरणका उपसचिव मनोहर घिमिरेका अनुसार भूकम्प पीडित लाभग्राही सूचीमा परेको कूल संख्या ८ लाख ७ हजार ४८६ मध्ये तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राही संख्या २ लाख ६६ हजार ९५९ रहेको छ । तीमध्ये तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राही संख्या २ लाख ५५ हजार ५१० रहेका छन् । हालसम्म तेस्रो किस्ताको रकम प्राप्त गरिसकेको संख्या २ लाख २६ हजार ७७८ रहेको छ ।

उपसचिव घिमिरेले दिएको जानकारी अनुसार भूकम्पमा भत्केकामध्ये २ लाख ५७ हजार १५६ घरहरुको पुनर्निर्माणको काम सम्पन्न भएको छ । भने ५ लाख २४ हजार ७२५ वटा घरको पुनर्निर्माणको कम जारी रहेको जानकारी दिए । 

Agni Group

निर्माण कार्य नथालेको भए तेस्रो किस्ताको लागि सरकारले दिने राहत रकम १ लाख नपाउने भएपछि भूकम्प प्रभावितहरुले जसोतसो ऋण गरेर घर बनाउने कार्यमा जुटेको भूकम्पप्रभावित जिल्ला ओखलढुंगा सिद्धिचरण नगरपालिका, निशंखे वडा नं २ का वडा–सचिव माधवप्रसाद भट्टराईले बताए । सरकारले भूकम्प पीडितहरुलाई तीन किस्ता (पहिलो ५० हजार, दोस्रो १ लाख ५० हजार तेस्रो किस्ताको १ लाखको दरले ) जम्मा ३ राहत रकम उपलब्ध गराएको छ । उनले प्रभावितमध्ये अधिकांशले घर पुनर्निर्माण सुरु गरिसकेको जानकारी दिए ।

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०७५  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC