काठमाडौं । इस्लाम धर्मालम्बीहरूको पवित्र महिना रमजानको पहिलो शुक्रबार काठमाडौंस्थित कास्मिरी मस्जिदमा विशेष रौनक छाएको छ ।
उनीहरूको प्राथना गरिरहेका थिए । रमजानमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेन्डेरअनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेन्डेरअनुसार हिजरी सम्बत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खाआदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलको भनाइ छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी