site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मधेसमा चैती छठ : अस्ताउँदै सूर्यलाई अर्घ दिइयो (तस्बिरहरू)

 

जनकपुरधाम । मधेसमा चैती छठको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । बिहीबार श्रद्धालुहरूले विभिन्न जलासयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

KFC Island Ad
NIC Asia

जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागरसहितका पोखरीमा श्रद्धालुहरूको भिड लागेको छ । पोखरी र तलाउहरू सजाइएको छ । घाटहरूमा झिलिमिली बत्ती बलेका छन् । डिजेमा भक्तिभावको गीतहरू गुञ्जिरहेका छन् । मुख्य छठ कात्तिकमा भएपनि केही समयदेखि चैती छठ गर्नेको संख्यामा पनि वृद्धि भएको छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ । दोस्रो दिन खरना पर्व अन्तरगत कुल देवताको पुजा गरिन्छ । तेस्रो दिन ब्रतालुहरू निराहार उपवास बसी साँझपख अस्ताउँदो सूर्यलाई अर्घ दिने गरेका छन् भने भोलिपल्ट चौँथौ दिन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन हुन्छ । 

छठको प्रसादमा खिर, केरा, दुध एवम् मिठा राखेर बनाइएका विभिन्न परिकारसहित फलफुल चढाइने गरिन्छ । अर्घमा मुला, उखु, भण्टा, मिठाको ठकुवा, भुसवा, केरा, नरिवललागायतका सामग्रीहरू चढाउने परम्परा छ । छठ पर्व गर्नाले चिताएको मनोकामना पूरा हुने, चर्म रोग निको हुने, सन्तान हुने र परिवारमा खुसीयालीसँगै प्रसन्नता प्राप्त हुने जन विश्वास छ । 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १९:२४
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home